सेयर बजारमा बुलिस ट्रेन्ड: १४१ कम्पनीको सेयर मूल्य बढ्दा कसले कमाए, कसले गुमाए ?

343
Shares

काठमाडौं । सेयर बजारमा उछाल आउँदा १४० वटा कम्पनीको सेयर मुल्यमा बढोत्तरी देखिएको छ भने २० वटा कम्पनीको कारोबारमा गिरावट आएको छ ।

बुधबारको कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन नेपाल दुरसञ्चार कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, शिभ श्री हाईड्रोपावर, नाग्दी पावर कम्पनी, मल्टिप्रपोज फाइनान्स, हिमालयन डिस्ट्रिलरी, ग्लोबल आईएमई लघुवित्त, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, एनआईसी एसिया बैंक, शिखर इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, कर्णालि डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

गुमाउनेमा नेशनल हाइड्रोपावर, लक्ष्मी इक्विटी फण्ड, सिनर्जी पावर, यूनिभर्सल पावर, एभरेष्ट बैंकको संस्थापन समूह, जानकी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।