सरकारले अर्थतन्त्रलाई दु:ख दिँदैन, चलायमान बनाउँछ: प्रधानमन्त्री ओली
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अर्थतन्त्रलाई दु:ख नदिने स्पष्ट पार्दै अर्थतन्त्र चलायमान बनाउन काम गर्ने बताएका छन् ।
आइतबार साँझ व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘काेराेना विरूद्धको लडाई साझा हाे। यसमा सरकार काेराेनाकाे संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जाेगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ ।’
प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रसँग गरेका सम्झौताहरु समेत कार्यान्वयन हुने बताएका थिए । भेटमा अर्थतन्त्रको विकासका लाग सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने ओलीले बताएका थिए ।
व्यवसायीहरुले भने भेटमा विद्युतीय सवारीमा लगाइएको कर फिर्ता हुनुपर्ने, ई-कमर्स व्यवसाय सहज बनाउनुपर्ने लगायतका माग राखेका थिए ।
डा. युवराज खतिवडाले शुक्रबार अर्थमन्त्री पदबाट राजीनामा दिएपछि अर्थमन्त्रालय आफैसँग राखेका छन् ।