काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।
शाक्यको श्रीमतिलाई रुघाखोकी लागेपछि उपचारका लागि ग्रान्डी अस्पतालमा गएका थिए । सो क्रममा पीसीआर परीक्षणका लागि आफ्नो समेत स्वाव दिएका थिए ।
जसमा श्रीमतिको कोरोना नेगेटिभ रिपोर्ट आएको थियो भने मेयर शाक्यको पोजिटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजिटिभ आएपछि उनी हाल होम आइसोलेसनमा बसेको उनको सचिवालयले दिएको छ ।