यी १० देश जोसँग छ सबैभन्दा बढी सुनको भण्डार
विश्व गोल्ड काउन्सिलले बिहीबार बिहीबार हजारौं टन सुन भएको देशको शीर्ष १० सूची जारी गरेको छ। सूचीमा पहिलो स्थानमा अमेरिका रहेको छ ।
हाम्रा छिमेकी देशहरु चीन र भारत पनि सुन मौज्जात बढी भएका १० वटा देशमा पर्छन् ।
बिजनेस ईन्साइडरले जारी गरेको एक रिपोर्टका अनुसार अमेरिकामा विश्वमा सब भन्दा ठूलो सुनको भण्डार रहेको छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकासँग ८ हजार १ सय ३३ टन सुन मौज्जात रहेको छ ।
सुनको बढी मौज्जात गर्ने दोस्रो स्थानमा जर्मनी हो, जससँग कूल ३ हजार ३६३ टन सुन छ ।
तेस्रो स्थानमा इटाली छ । इटालीसँग २४ सय ५१ टन मेट्रिक टन सुन भण्डारको साथ इटाली छ।
सुन भण्डारको गर्ने चौथो देशमा फ्रान्स पर्छ । फ्रान्ससँग जम्मा २४३६ मेट्रिक टन सुन भण्डार छ। पाँचौं स्थानमा रूस रहेको छ । रूससँग २२९९ मेट्रिकटन सुनको मौज्जात छ ।
छैठौं स्थानमा नेपालको उत्तरी छिमेकी देश चीन पर्छ । चीनसँग १९४८ मेट्रिक टन सुन छ। सातौं स्थानमा यूरोपियन देश स्विजरल्याण्ड रहेको छ । जसँग १ हजार ४० मेट्रिक टन सुन छ।
आठौं स्थानमा रहेको एसियाली देश जापान हो । जापानसँग ७६५ मेट्रिक टन सुन भण्डार छ।
यस्तै नवौ स्थानमा नेपालको दक्षिणी छिमेकी देश भारत रहेको छ ।
भारतसँग ६५७.७ मेट्रिक टन सुनको भण्डारण रहेको छ । १० औ स्थानमा नेदरल्याण्ड पर्छ । नेदरल्याण्डसँग ६१२.५ मेट्रिक टन सुनको मौज्जात छ । ऐजेन्सी