पर्यटन क्षेत्रमा सर्भाइभलसँगै रिभाइभलका लागि काम शुरु गरौंः हान अध्यक्ष सिर्जना राणा



काठमाडौं । कोभिड–१९ का कारण क्षति भएको नेपालको पर्यटन क्षेत्रमा काम गर्नका लागि सर्भाइभलसँगै रिभाइभलका लागि योजना बनाएर काम गर्नुपर्ने बताएकी छन् ।

‘अहिले हामी सर्भाइभलको कुरामा बढी जोड दिएका छौं, तर भोलिका दिनमा कसरी यो क्षेत्रमा रिभाइभल गर्ने भन्ने विषयमा पनि योजना बनाएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन् ।

बुधबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले रिभाइलका लागि हाम्रा मुख्य अन्तर्राष्ट्रिय बजार भारत र चीनमा पनि कसरी प्रडक्ट बिक्री गर्ने र आकर्षित गर्ने भन्नेमा जोड दिनुपर्ने उनले बताइन् ।

‘जसरी हामीले मिनरल वाटरको बोटलमा सम्पूर्ण कुराहरु उल्लेख गर्छौ, त्यसै गरी पर्यटकीय क्षेत्रमा जानका लागि कति खर्च लाग्नेलगायतका सम्पूर्ण विवरण त्यसैमा उल्लेख गर्नुपर्छ,’ उनले भनिन् ।

उनका अनुसार पर्यटन क्षेत्रबाट नेपालमा २४ प्रतिशत विदेशी मुद्रा आइरहेको छ भने यसबाट २ प्रतिशत जीडीपीमा योगदान भनिए पनि त्यो तथ्यांक सही नभएको भन्दै कम्तीा ७ प्रतिशत जीडीपीमा योगदान भइरहेको बताइन् ।

उनका अनुसार एउटा विदेशी पर्यटक नेपालमा आउँदा त्यसबाट १० देखि १२ जना नेपालीलाई टेवा पुग्छ । त्यसैले एउटा विदेशी नेपाल आउनु कति महत्वपूर्ण छ भन्ने स्पष्ट भएको बताइन् ।

उनका अनुसार हालसम्म नेपालको हस्पिटालिटी क्षेत्रमा १० देखि १५ खर्ब रुपैयाँ लगानी भएको छ भने कोभिडका कारण हालसम्म १ खर्ब ८० अर्ब रुपैयाँ घाटा भइसकेको छ ।


क्लिकमान्डु