कर्मचारीलाई र श्रमिकलाई निजी क्षेत्रले सरकारले भने अनुसार शतप्रतिशत तलब निजी क्षेत्रले नदिने



काठमाडौं । सरकारले भने अनुसार ऋण लिएर शतप्रतिशत तलब लकडाउनको बेला कर्मचारी तथा श्रमिकलाई दिन नसकिने धारणा निजी क्षेत्रले सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको सयुक्त बैठकपछि जारी विज्ञप्तीमा निजी क्षेत्रको उद्योग तथा प्रतिष्ठानले बैशाख महिनाको ५० प्रतिशतमात्र तलब कर्मचारी तथा श्रमिकलाई दिन सकिने जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले भने अनुसारको ऋण लिएर शतप्रतिशत तलब दिन नसकिने बताइनन् । ‘लकडाउनको कारण उत्पन्न भएको समस्याले ५० प्रतिशत तलब दिनको लागि नै ऋण लिनुपर्ने बाध्यता छ,पूर्ण रुपमा तलब दिनको लागि सरकारले सहयोग नगर्दासम्म सकिदैन,’राणाले क्किलमाण्डूसँग भनिन् ।

विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आप्mना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको महासंघ र परिसंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखि उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष अनुरोध गर्ने जजनाएको छ ।


क्लिकमान्डु