लकडाउनको कारण कर्मचारी र श्रमिकलाई ५० प्रतिशतमात्र तलब दिन सकिन्छ: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लकडाउनको कारण कर्मचारी तथा श्रमिकलाई रोजगारदाताले ५० प्रतिशत मात्र तलब दिन सकिने बताएका छन् ।

सरकारले बैशाख महिनामा ५० प्रतिशत तलब दिएपनि बाँकी ५० प्रतिशत भने ऋण लिएर भएपनि दिनुपर्ने निर्णय गरेको छ ।
नेपाल चाटर्ड एकाउटेन्स संस्था(आइक्यान)ले गरेको भिडियो कन्फ्रेन्स कार्यक्रममा महासंघका उपाध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघको तर्फबाट कोभिड १९ का कारणबाट उद्योग व्यवसायीमा परेको असर र यसले रोजगारीमा श्रमिकहरुमा परेको विषयमा छलफल गरेको जानकारी दिए ।

उनले श्रमिकको ज्याला भुक्तानी तथा तलब खुवाउनेलगायतका विषयमा विषयमा उद्योग वाणिज्य महासंघका अध्यक्ष, सीएनआई, हान, कन्सट्रक्सन एसोसिएसनलगायतका छाता संगठनबीच बृहत छलफल भइ कार्यदल समेत गठन भएको सो विषयमा सुझाव दिएको बताए ।

सुझावमा श्रमिकहरुलाई ५० प्रतिशत पारिश्रमिक दिने, उद्योग प्रतिष्ठानको व्यवसायिक प्रकृति अनुसार अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्र भएमा श्रमिकको ज्याला भुक्तानीमा व्यवास्थापनले नै आफै बुझेर गर्नुपर्ने थियो, ढकालले भने ।

साथै लकडाउनमा पनि पार्सियल रुपमा काम गर्नका लागि कर्मचारी र श्रमिकलाई बोलाउन सक्ने सुझाव थियो । साथै वर्तमान समस्याबाट अगाडि बढ्नका लागि त्रिपक्षीय रुपमा सरकार, श्रमिक र रोजगारदाताबाट बराबरी योगदान गरेर लकडाउनमा पारिश्रमिक दिने सुझाव सहितको सबै छाता संगठनबाट श्रममन्त्रीलाई समेत बुझाएको उनले बताए ।

अब श्रमिक साथीहरुसँग संयुक्त रुपमा मिलेर यो समयमा बाँच्ने, बचाउने, टिक्ने र टिकाउने विषयमा केन्द्रित हुनुपर्ने भन्दै ढकालले यसमा सबैको सहयोग चाहिने बताए ।

अहिले मन्त्रिपरिषदको निर्णय अनुसार ५० प्रतिशत रोजगारदाताले दिने र ५० प्रतिशत बाँकी उद्योग व्यवसाय संचालन भएपछि भुक्तानी गर्ने भन्ने निर्णयमा उद्योग वाणिज्य महासंघको आइतबार बस्ने बैठकले निर्णय गर्ने बताए ।
उनले अब उद्योग व्यवसाय चालउनु पर्ने र यसले रोजगारी सिर्जना र भएकोल रोजगारीलाई निरन्तरता दिनुपर्ने र विदेशबाट फर्केकाहरुलाई रोजगारीको अवसर दिन सकिने बताए ।

कृषि क्षेत्रका लागि काम गर्न सकिने । उन्नत हिसाबले कृषि क्षेत्रमा काम गर्न सकियो भने ठूलो योगादन हुने र यो महामारीबाट संक्रमित हुनेको संख्या पनि कम छ । सरकारल समयमै लकडाउन गरेको कारणबाट यो सम्भव भएको छ । खुसीको कुरा अहिलेसम्म मृत्यु पनि भएको छैन र निको पनि भइरहेको अवस्था छ ।

महामारीका कारण जुन समस्या आएको कतारमा लकडाउनको समयमा बाहिरबाट आउने कुरा सबै रोकिएको थियो । डेरी प्रडक्टहरु पनि लकडाउन भएको समयमा पनि ल्याउन सफल भएको थियो । त्यसैको अनुसरण गर्दै हामीले पनि काम गर्न सक्छौं ।

अब नयाँ बजेट आउँदै छ । पहिलेको बजेटभन्दा अब आउने बजेट फरक प्रकृतिको हुनुपर्छ । महामारीका कारणबाट प्राथमिकताको क्षेत्र पनि छुट्टिएको छ । सोही अनुसार बढी प्रभावित क्षेत्रलाई सम्बोधन हुने गरी बजेट आउनुपर्छ । बजेटमा निजी क्षेत्रका उद्योग प्रष्ठिान जसरी रोजगारी सिर्जना गर्नका लागि बुस्ट अप गर्न सकिन्छ ।


क्लिकमान्डु