डलर अर्बपति बिनोद चौधरीले एक वर्षमा ३५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाए



काठमाडौं । फोर्ब्सको अर्बपतिको सूचिमा सूचिकृत नेपालका एकमात्र अर्बपति बिनोद चौधरीको सम्पत्ति एकवर्षमा ३५ अर्ब रुपैयाँले घटेको छ ।

फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचि र सम्पत्तिको विवरण अनुसार चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ । अघिल्लो वर्ष चौधरीसँग १ अर्ब ७० करोड अमेरिकी डलरको सम्पत्ति थियो ।

सम्पत्ति घटेसँगै धनीहरुको सूचिमा पछि परेका छन् ।

बिनोद चौधरीको सम्पत्ति साढे ३५ अर्ब रुपैयाँले घट्यो, धनीको सूचिमा पनि पछि धकेलिए

सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचिमा सूचिकृत भएपछि चौधरीको सम्पत्ति भने एकवर्ष बाहेक हरेक वर्ष बढेको थियो । सन् २०१३ मा १ अर्ब अमेरिकी डलर रहेको उनको सम्पत्ति गतवर्ष १ अर्ब ७० करोड अमेरिकी डलर पुगेको थियो ।

चौधरीको सन् २०१९ को सूचिमा विश्वमा १३४९ औं धनी व्यक्ति थिए । अहिले उनी १५७७ औं धनी व्यक्ति हुन् ।

फोब्र्सको सूचि अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका संस्थापक जेफ बेजोस हुन् ।

फोब्र्सले हरेक वर्ष धनीहरुको सूचि सार्वजनिक गर्छ ।


क्लिकमान्डु