ट्रम्पले बिर्सिए नियमै बनाएर विश्वलाई मास्क लाउन सिकाउने त्यो अमेरिकी इतिहास



काठमाडौं । एशिया क्षेत्रमा नोवेल कोरोना भाइरस संक्रमणले उग्ररुप लिएपछि तुरुन्तै मास्क लगाउन शुरु भयो । ताइवान र फिलिपिन्समा त कतिपया अवस्थामा मास्क लगाउनु बाध्यकारी नियमजस्तै बन्यो ।

तर एशियामा मास्क लगाउने संस्कारजस्तै बन्दा पश्चिमा देशहरुमा भने मास्क लगाउन धेरै पछि शुरु गरे । बेलायतका प्रमुख मेडिकल अफिसरले क्रिस विटीले त मास्क लगाउनु आवश्यक नभएको समेत बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने– मास्क लगाउने सल्लाह म मान्दिन, लगाउनेले लगाए हुन्छ

अहिले संसारको शक्तिशाली देशका रुपमा चिनिएको अमेरिका कोरोना भाइरसको कारण आक्रान्त बनेको छ । तर त्यही देशका राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि मास्क विरोधी जस्तै भएर प्रस्तुत भएका छन् ।

किन लकडाउन हुँदैन अमेरिका ? यस्ता छन् ४ कारण

अमेरिकाका कतिपय स्थानीय तह र राज्यले मास्क लगाउन अपिल गरिसकेका छन तर राष्ट्रपति ट्रम्पले मास्क लगाउन स्थास्थ्य अधिकारीहरुले दिएको सझाबलाई नकार्दै भनेका छन्- मास्क लगाउने सल्लाह म मान्दिन, लगाउन मन भएकाले लगाए हुन्छ ।

त्यहि अमेरिकामा सन् १९१८ को फ्लु महामारीमा मास्क लगाउनु गैरकानुनी कामकारुपमा लिइन्थ्यो । सन् १९१८ को जनवरीदेखि सन् १९२० को डिसेम्बरसम्म चलेको उक्त महामारीले विश्वको कुल जनसंख्याको एक तिहाई मानिस संक्रमित भएका थिए ।

उक्त महामारीबाट ५ सय मिलियन अर्थात ५० करोड मानिस संक्रमित भएका थिए भने ५० मिलियन अर्थात ५ करोड मानिसको मृत्यु भएको थियो । मृत्यु हुने ५ करोडमध्ये ५ लाख जना अमेरिकाका जनता थिए ।

सन् १९१८ को महामारीलाई देश विशेष भाइरसका रुपमा चित्रण गरिएको थियो । त्यो बेलाको भाइरसलाई स्नेनिस फ्लु नामाकरण  गरिएको थियो ।

उक्त फ्लु महामारीका बेला विश्वमा सर्वाधिक मास्क लगाउने देश संयुक्त राज्य अमेरिका थियो । सन् १९१८ को अक्टोवर २४ मा सानफ्रान्सिस्कोका ४ हजार जना संक्रमित पुगेपछि उक्त राज्यका सुपरभाइजरहरुले द्रुत कारबाहीको महसुश गरी इन्फ्लुएन्जा मास्क नियम नै पारित गरेको थिए ।

अमेरिकी जमिनमा पहिलो पटक सार्वजनिक ठाउँमा मास्क लगाउने बाध्यकारी नियम बनेको त्यो पहिलो पटक थियो ।
सानफ्रान्सिस्कोमा मास्क लगाउनु बाध्यकारी नियम बनेपछि सचेतना अभियानको शुरुवात भएको थियो ।

मास्क लगाउँ , ज्यान जोगाऔं , मास्कले इन्फ्लुएन्जाबाट ९९ प्रतिशत जोगाउँछ जस्ता गित लेखेर मास्क लगाउन सचेतना अभियान समेत चलाइएको थियो ।

संक्रमित व्यक्तिहरुलाई राख्न वेयरहाउसहरुलाई क्वारेन्टाइनमा परिणत गरिएको थियो । सार्वजनिक ठाउँमा मास्क नलगाई हिडनेलाई जरिवाना वा जेल सजाय गर्नेसम्मको नियम थियो ।

उक्त सचेतनाको परिणामस्वरुप पछि अन्य राज्यहरुले पनि मास्क लगाउने र सचेतना गर्ने गतिविधि लागु गर्न थाले ।

र मास्क लगाउने नियम लागु गर्ने अमेरिकामात्र बनेन । पछि फ्रेन्च, इंल्याण्ड लगायत विभिन्न ठाउन पनि मास्क लगाउन थालियो ।

त्यतिबेला सानो संख्यामा मास्क उत्पादक कम्पनीहरु थिए । थोरै संख्यामा भएका कम्पनीहरुले आवश्यक भएजति उत्पादन गर्न सक्दैनथे । त्यसको एउटा मात्र विकल्प थियो घरमा उत्पादन ।

परिणाम स्वरुप अमेरिकाका विभिन् भूभाग, चर्च, सामुदायिक समुह र रेड क्रस च्पाप्टरहरुमा मास्क उत्पादन गर्न थालियो । नोभेम्बर ११ मा पहिलो विश्व युद्ध सकिएपछि ग्यास मास्क उत्पादन गर्दै आएका उद्योगहरुले इन्फ्लुएन्जा मास्क उत्पादन गर्न शुरु गरे ।

सन १९१८ मा अमेरिकामा मास्क लगाउन शुरु गरियो । त्यसको एक शताब्दीपछि एशियाली मुलुकहरुले पनि अमेरिकाले रोगबाट जोगिन मास्क लगाएको सम्झिए र पाठ सिके ।

सन् २००३ सम्म आउदा एशियाली मुलुकहरुमा पनि हैजा, टाइफाइड र अन्य सरुवा रोगहरु देखा परे । जसले गर्दा एशियाली मुलुकहरुमा पनि मास्क लगाउने संस्कार शुरु भयो ।


पुष्प दुलाल