गायक रामकृष्ण ढकालको घर हडप्ने लालीगुराँस सहकारी कालोसूचीमा



काठमाडौं । नेपाली सुगम संगीतका एक शिखर व्यक्तित्व रामकृष्ण ढकाललाई रुवाउने लालीगुराँस सहकारी कालोसूचीमा परेको छ ।

सिन्धुपाल्चोकमा आयोजनास्थल रहेको भैरवकुण्ड हाइड्रोपावरको संस्थापक लगानीकर्तासमेत रहेको लालीगुराँस सहकारी समेत कालोसूचीमा पर्ने भएको हो ।

सानिमा बैंकलगायत बैंक अफ काठमाण्डू, एनएमबी बैंक, एनआइसी एशिया बैंक र मन्जुश्री फाइनान्स तथा ग्लोबल आइएमई बैंकले भैरवकुण्ड हाइड्रोपावर लिलामीको सूचना बिहिबार प्रकाशित गरेको छ ।

ती बैंकका तर्फबाट प्रकाशित भएको सूचना अनुसार आगामी १५ दिनभित्र उक्त हाइड्रोपावर लिलामी गर्न लागिएको हो ।

लालीगुराँस सहकारीसमेत सो आयोजनाको संस्थापक लगानीकर्ता हो ।

गायक रामकृष्ण ढकालको घर खाने लालिगुराँस सहकारी कालोसूचिमा पर्ने

सहकारी नियमावली २०७५ अनुसार सहकारीको ऋण अपचलन गर्ने, तोकिएको समयभित्र ऋणको ब्याज र सावा नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ ।
लालीगुराँसबाट ऋण लिएपछि गायक ढकालले चरम हैरानी पाएको दाबी गर्दै आएका छन् । उनले सहकारीले आफ्नो घरजग्गा हडपेको आरोप पनि लगाउँदै आएका छन् ।

पछिल्लो समय रामकृष्ण र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबीच आरोप प्रत्यारोप समेत चलिरहेको थियो ।

गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद, छोरीको जिम्मेवारी आमालाई, अंश नलिने

ढकालले लालीगुराँस सहकारीबाट १ करोड ८० लाख रुपैयाँ लोन लिएका थिए । सोही ऋणको आधारमा उनले २ करोड २५ लाख रुपैयाँ बराबरको घर लिएका थिए ।

लालीगुराँसले करिब १७ प्रतिशत ब्याजमा ढकाललाई ऋण दिएको थियो ।

केही समयअघि साता ढकाल र उनको श्रीमतिबीच सहमतीमा डिर्भोस पनि भयो । यसलाई पनि ऋणसँग जोडेर हेरिएको छ । ढकालको घर लिलाम गरेको लालिगुराँस सहकारी भने अहिले आफैं समस्या परेको हो ।

नियत नै ऋणीको घरजग्गा हडप्ने

भैरवकुण्ड हाइड्रोपावरमा २३ जना व्यक्तिगत जमानतकर्ताहरु थिए । ६ वटा संस्थागत जमानतकर्ता थिए । जसमा ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको लालिगुराँस बहुउद्देश्य सहकारी संस्था पनि संस्थागत रुपमा जमानतकर्ता बसेको छ ।

बैंक स्रोतका अनुसार भैरवकुण्डले बैंकहरुलाई ४० करोड रुपैयाँ तिर्न बाँकी छ ।

लालिगुराँस सहकारीको वेवसाइटमा उल्लेख भए अनुसार सहकारीले भैरवकुण्ड हाइड्रोपावरमा पनि लगानी गरेको छ । सेयरको रुपमा सहकारीले भैरवकुण्डमा लगानी गरेको हो ।

यदि हाइड्रोपावरले ऋण नतिरेमा लालिगुराँस सहकारी पनि स्वत कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्छ । २०७५र७६ को रिपोर्ट अनुसार लालिगुराँस सहकारीमा ५ अर्ब ३५ करोड निक्षेप रहेको छ । ४ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ ।


पुष्प दुलाल