गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद, छोरीको जिम्मेवारी आमालाई, अंश नलिने



काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा ढकाल र शाहबीच सम्बन्ध बिच्छेद भएको हो ।

सम्बन्ध विच्छेदका लागि ढकालकी श्रीमति शाहले जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दर्ता गरेकी थिइन् ।

बुधबार न्यायाधीश विदुर कोइरालाको एकल इजलासमा सम्बन्ध बिच्छेद हुने गरी दुबै पक्षमा मिलापत्र भएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार छोरीको जिम्मेवारी आमा शाहले लिनेछिन भने शाहले अंश नलिने गरी सहमति भएको छ ।


क्लिकमान्डु