सरकारले मंगलबार यी व्यवसायीलाई सीआईपी सम्मान गर्ने (सूचिसहित)



काठमाडौं । सरकारले विभिन्न क्षेत्रका व्यवसायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति(सीआईपी) बाट सम्मान गर्ने भएको छ ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा,नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोर र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ सहित २५ जना व्यवसायीलाई सीआईपी सम्मान गर्न लागेको हो ।

तीनवटा संस्थाका अध्यक्षलाई संस्थागत रुपमा सम्मान दिन लागिएको हो ।

सीआईपी सम्मान पाउनेमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल समेत रहेका छन् । ढकालले वैधानिक माध्यमबाट सबैभन्दा बढी रकम नेपाल भित्राएको हुँदा सम्मान पाउन लागेका हुन् ।

भवानी राणा, सतिश मोर र राजेशकाजी लगायत व्यवसायीलाई सरकारले सम्मान गर्ने, को को परे ? (सूचीसहित)

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले लगानी,रोजगारी तथा निर्यात र बैदेशिक मुद्रा भित्राएको आधारमा व्यवसायिक कम्पनीलाई सम्मान गर्न लागेको हो । निकासीमा तेस्रो मुलुकमा सबैभन्दा बढी निकासी गर्ने,चीनमा गर्ने र भारतमा गर्ने आधारमा सम्मान दिइएको छ ।


क्लिकमान्डु