
काठमाडौं । हालै मात्र प्राथमिक सेयर निष्काशन (आइपीओ) जारी गरेको सोपान फर्मास्युटिकल्सले एकै वर्ष ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५० करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १५ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा १४ करोड रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आवमा ५९.३२ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा भने घाटा व्यहोरेको थियो ।
सन् २००९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले १ सय ३९ प्रकारका औषधि उत्पादन तथा ७० भन्दा बढी प्रकारका औषधिको बजारीकरण गर्न पाउने इजाजत लिएको छ ।
अनिल पोखरेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६९ करोड ९६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४६ करोड ४८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २३ करोड ४७ लाख रुपैयाँको रेटिङ गराएको हो ।











प्रतिक्रिया