सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुला

77
Shares

काठमाडौं । सोपान फर्मास्युटिकल्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले आज वैशाख ३ गते बिहीबारदेखि आईपीओ खुलाएको हो ।

कम्पनीको जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको ४२ करोड ९० लाख रुपैयाँ मूल्यको आईपीओ निष्काशन गरिएको हो । प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये केही हिस्सा छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको छ ।

कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा बाँडफाँट गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । त्यस्तै, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म खुला रहनेछ ।

तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्ड मात्रै ढिलो मितिसम्म खुला रहनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।