
एजेन्सी । भारतको कर्नाटकमा आइतबार दिउँसो निजी सानो विमान दुर्घटनाग्रस्त भएको छ ।
खुला मैदानमा दुर्घटना हुँदा पाइलटसहित दुईजनाले ज्यान जोगाउन सफल भएको प्रहरी स्रोतहरूले बताएका छन् ।
रेडबर्ड फ्लाइङ ट्रेनिङ एकेडेमी लिमिटेडको सेस्ना १७२ विमान भीटी–ईयुसीले बेलगावीबाट १०० किलोमिटर पूर्वमा रहेको बागलकोट विमानस्थल नजिकको एउटा खेतमा आपतकालीन अवतरण गरेको हो ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार, प्रशिक्षक र क्याडेट दुवै सुरक्षित छन् ।









प्रतिक्रिया