
काठमाडौं । आइसीसी टी- २० विश्वकप २०२६ आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ।
विश्वकप अन्तर्गत आज समूह ए अन्तर्गत २ खेल हुँदैछ । समूह ए अन्तर्गत श्रीलंकामा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र पाकिस्तानले श्रीलंकामा खेल्दैछन्।
समूह ए मा नै रहेको भारत र अमेरिकाले भारतको वाङ्खेडे स्टेडियममा उद्घाटन खेल्दैछन्। साविक विजेता भारतले उपाधि रक्षाको दौड सुरु गर्दैछ ।
समूह सी अन्तर्गत आज पहिलो खेल वेस्टइन्डिज र स्कटल्यान्डले खेल्दैछन्।
भारतको बाङ्खेडे स्टेडियममा साँझ ६ बजेबाट उद्घाटन कार्यक्रम सुरु हुनेछ। उद्घाटन कार्यक्रममा नोरा फतेही, बादशाह, ऋषभ शर्मा र शिवमणिको प्रस्तुति रहनेछ। उनीहरूको प्रदर्शन पश्चात भारत र अमेरिकाको खेल साँझ ७ बजे सुरु हुनेछ।
आइसीसीको अनुसार भारतका पूर्वकप्तान रोहित शर्मा र आइसीसीका अध्यक्ष जय शाहले आइसीसीको उपाधिसहित मैदानमा आउने कार्यक्रम रहेको छ।
साविक विजेता भारतको लागि उपाधि जितेका कप्तान रोहितले त्यसपछि टी- २० अन्तर्राष्ट्रियबाट सन्यास लिएका थिए।
यो उद्घाटन समारोह पश्चात भने आइसीसी टी- २० विश्वकप आधिकारिक रुपले सुरु भएको मानिनेछ। नेपालको पहिलो खेल आइतबार बाङ्खेडे स्टेडियममा हुनेछ। नेपालले समूह चरणको ४ वटै खेल बाङ्खेडे स्टेडियममा नै खेल्नेछ।
पहिलो खेल नेपालले २ पटकको टी- २० विश्वकप विजेता टिम इङ्ल्यान्डसँग खेल्नेछ। नेपाल र इङ्ल्यान्डको खेल नेपाली समयानुसार ३.१५ मा सुरु हुनेछ।









प्रतिक्रिया