
एजेन्सी । स्विटजरल्यान्डको क्रान्स मोन्टाना शहरमा भएको विस्फोटमा कैयौं मानिस मारिएको त्यहाँको प्रहरीले बिहीबार जनाएको छ ।
स्की खेल्नेहरूको रिजोर्ट टाउनमा रहेको एउटा बारमा विस्फोट हुँदा हताहतीको घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका छन् ।
के कारणले विस्फोट भएको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
एएफपी समाचार संस्थासँग कुराकानी गर्दै वालिस क्यान्टन प्रहरीका प्रवक्ता गेतान लेथियनले अज्ञात कारणबाट विस्फोट भएको बताएका छन् ।
यसको विस्तृत विवरण आउन बाँकी छ ।








प्रतिक्रिया