हुस्सुले सिमरा, राजविराज र जनकपुर विमानस्थल ठप्प, अन्य सबैमा उडान नियमित



काठमाडौंं । हुस्सुले सिमरा, राजविराज र जनकपुर विमानस्थलमा उडान हुन सकेको छैन । यी तीनबाहेक अरु सबै विमानस्थलमा उडान सुचारु रहेको छ ।

काठमाडौंबाट हुने उडानमा कुनै समस्या नरहेको भएपनि गन्तव्य विमानस्थलमा विहानको हुस्सुका कारण ढिलो गरेर मात्रै उडान हुने गरेको छ ।

काठमाडौंबाट हुने विहीबारको उडानमा सबै सिमरा, राजविराज र जनकपुरमा ११ बजेसम्म उडान भएको छैन भने बाँकी सबै विमानस्थलमा उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।