भाजपा भारतको सबभन्दा धनी पार्टी, ६९ सय करोड भारु बैंक ब्यालेन्स


एजेन्सी । भारतको केन्द्रमा र विभिन्न राज्यमा पनि सत्तामा रहेको भारतीय जनता पार्टीको बैंक ब्यालेन्स ६९ सय करोड भारु भन्दा बढी रहेको खुलेको छ ।

यस वर्षको आरम्भमा दिल्लीमा भएको विधानसभा चुनावपछि राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको विवरणमा यति विशाल रकम देखिएको हो ।

यसको प्रतिद्वन्द्वी कांग्रेससँग भने सोही समयमा पार्टी मुख्यालय र राज्य तथा जिल्ला एकाइहरू सबै मिलाएर जम्मा ५३ करोड भारु मात्र रहेको छ । चुनावी उपस्थिति खासै नभए तापनि बहुजन समाज पार्टीसँग ५८० करोड भारु भन्दा बढीको निक्षेप यथावत छ ।

पछि अक्टोबर २४ मा निर्वाचन आयोगमा बुझाइएको चन्दा विवरण अनुसार, कांग्रेसले सन् २०२४–२५ मा ५१७ करोड भारु प्राप्त गरेको घोषणा गरेको छ । यो २०,००० भारु भन्दा माथिका खुलाइएका कुल चन्दाहरूको योगफल हो ।

राजनीतिक दलहरूले यो रकमभन्दा कम चन्दा दिने दाताहरूको नाम खुलाउँदैनन् जबकि संकलनको ठूलो हिस्सा साना चन्दाहरूले ओगटेको हुन्छ । दलहरूका लागि कोष संकलनका विभिन्न स्रोतहरूमा व्यक्ति, कर्पोरेट र ट्रस्टहरू पर्छन् ।

दिल्ली विधानसभा चुनावपछि आफ्नो बैंक ब्यालेन्स घोषणा गर्ने केही दलहरूमध्ये आम आदमी पार्टीको ९.९ करोड भारु, सीपीएमको ४ करोड भारु र सीपीआईको ४१ लाख भारु रहेको छ ।

बिहार विधानसभा चुनावपछि भने निर्वाचन आयोगले कुनै पनि चन्दा विवरण प्राप्त गरेको छैन ।

Skip This