
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता जगदिश खरेलले बताए ।
श्रेष्ठ आयोगका पूर्व सदस्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी लामो समय केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख थिए ।
मन्त्रिपरिषदले आयोगको सदस्यमा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।








प्रतिक्रिया