पोखरा विमानस्थलमा भ्रष्टाचार: कमिसनका लागि धसाइएको थियो रनवे, काटियो ४० मिटर डाँडा

574
Shares

काठमाडाै‌ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८ अर्ब रुपैयाँ भ्रष्टाचार भएको र ५५ जना संग्लग्न रहेको आरोपसहित अख्तियार दुरुपयोग आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै छ । मुद्दा दर्ताका यतिबेला नाम रुजु गर्ने काम भइरहेकाे अख्तियारले जानकारी दिएको छ ।

अख्तियारको यो निर्णयसँगै पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा पाँच जना पूर्व पर्यटन मन्त्री, एक जना पूर्व अर्थमन्त्री, एक जना पूर्व प्रधानमन्त्री, १० जना सचिवसहितका उच्च पदस्थ पदाधिकारी परेका छन् । तत्काली सचिव र पछिल्लो समय बढुवा भएर सचिवभएकासेमतलाई अख्तियारले प्रतिवादी बनाएर मुद्दा दर्ता गर्दै छ ।

सरकारले चिनियाँ ऋणमा बनाएको याे विमानस्थलमा निर्माणलाई सबैभन्दा ठूलाे घाेटालाको रुपमा अख्तियारले अगाडि सारेको छ । अख्तियारले अगाडि बढाएको यो घटनामा कमिसनका लागि रनवे धसाउनेदेखि ४० मिटर डाँडा काटिएकोसम्मलाई प्रमाणले पुष्टि गर्ने प्रयास गरिएको छ । विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे क्लिकमान्डुले समाचारहरू सम्प्रेषण गरेको थियो ।

पोखरा विमानस्थल बनाउँदा सरकारले करिब २५ अर्ब रुपैयाँ भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको यो विमानस्थल बनाउँदा अर्को अनियमितता भएको यस अघिकै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यो विमानस्थल बनाउने क्रममा धावनमार्ग धसाउन ४० मिटर डाँडा काट्दा राज्यलाई अतिरिक्त आर्थिक भार थपिएको थियो । तर यसरी रनवे धसाएकै कारण विमानस्थल क्षेत्र होचो भएको र त्यसले रनवे डुबानमा पर्ने गरी जोखिमा पारिएको छ ।

यो विमानस्थल बनाउँदा एकातर्फ रनवे धसाएर विमानस्थल डुबानमा पर्ने जोखिम रहेको छ भने अर्कोतर्फ ४० मिटरको डाँडा काटिएको छ। जसका कारण जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले करिब ४ अर्ब ३४ करोड रुपैयाँ खर्चर बनाउँदै गरेको खानेपानीको ट्यांकीसमेत भत्काउनुपर्ने अवस्था बनेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन आयोजना प्रमुख तथा हालका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीसहित सम्बन्धित एजेन्सीसँगको मिलेमतोमा विमानस्थलको धावनमार्ग धसाइएको हो । सोही कारण ३० मिटर काटे पुग्ने धावनमार्गको पूर्वपट्टिको रिट्टेपानी डाँडा ४० मिटर काट्नुपरेको छ । जसकारण पोखराको कोलपाटनमा बनिसकेको खानेपानीको ट्यांकसमेत भत्काउनुपर्ने भएको हो।