बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

4k
Shares

फाइल तस्बिर

काठमाडौं । बैंकिङ कसुरको आरोपमा गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

उनलाई बुधबार ललितपुरको भनीमण्डलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनीमाथि प्रभु बैंकलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराध लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ । सोही प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन प्रहरी हिरासतमा छन् ।

शेरचनबारेको अनुसन्धानका क्रममा शाक्यलाई पक्राउ गरिएको सीआईबीले प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

सीआईबीले यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो ।

करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा देवी प्रकाश भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।