
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का धेरै खेल फ्लडलाइटमा हुने भएको छ । मंसिर १ गतेबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कुल ३१ खेल हुनेछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको फाइनल मंसिर २९ मा हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको खेल तालिका सोमबार सार्वजनिक गर्ने तयारी गरेका हो । जसमध्ये दिनको दोस्रो खेल फ्लडलाइटमा खेलाउने गरि खेल तालिका सार्वजनिक हुन लागेको क्यान स्रोतले जनाएको छ । अहिले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम तिव्रगतिमा भइरहेको छ ।
सिद्धार्थ बैंक टाइटर स्पोन्सर रहेको एनपीएलका दोस्रो सिजनको एनपीएलका लागि फ्रेन्चाइजीहरूले विदेशी खेलाडी धमाधम अनुबन्धन गरिरहेका छन् ।
यस सिजनको एनपीएलमा विश्व क्रिकेटका हस्तीहरु दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाप डुप्लेसी र भेट्रान स्पिनर इमरान ताहिरका साथै न्युजिल्याडका मार्टिन गुप्टिल लगायतका खेलाडी आउने निश्चित भएको छ ।








प्रतिक्रिया