
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारतमा तीनवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले तीनवटा क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
आगामी नोभेम्बर १३ देखि १९ सम्म नेपाल, उत्तराखण्ड, बङ्गाल र राजस्थानको महिला क्रिकेट टोलीले एक आपसमा कुल ६/६ वटा खेलहरू खेल्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
खेलहरू भारतको देहरादूनस्थित आयुष क्रिकेट एकेडेमी हुनेछ ।
भारत भ्रमणका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
जसमा कप्तान इन्दू बर्मासँगै कविता कुँवर, सना प्रवीण, रुबिना छेत्री, अलिसा यादव, ईश्वरी बिस्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन् ।
नेपालको खेल तालिका
नोभेम्बर १३, २०२५: नेपाल भर्सेस राजस्थान
नोभेम्बर १४, २०२५: नेपाल भर्सेस उत्तराखण्ड
नोभेम्बर १५, २०२५: नेपाल भर्सेस बङ्गाल
नोभेम्बर १७, २०२५: नेपाल भर्सेस राजस्थान
नोभेम्बर १८, २०२५: नेपाल भर्सेस उत्तराखण्ड
नोभेम्बर १९, २०२५: नेपाल भर्सेस बङ्गाल










प्रतिक्रिया