नेपाल ट्रष्टको जमिन लिज प्रकरण: कार्कीलाई थप ८ दिन थुनामा राख्न अनुमति

168
Shares

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप आठ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

आइतबार अदालतले उनलाई थप अनुसन्धानका लागि आठ दिनको म्याद दिएको हो । ६६ वर्षीय कार्की अवकाशप्राप्त सहसचिव हुन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरी दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता सम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो ।

सरकारी वकिलको कार्यालयले कार्कीमाथि अनुसन्धान थुनामै राखेर गर्नुपर्ने माग गरेपछि अदालतले पहिलो पटक आठ दिनको म्याद स्वीकृत गरेको हो ।

संस्थालाई हानी पुग्ने गरी ३० वर्षका लागि ट्रस्टको जग्गा लिजमा दिएको आरोपमा प्रहरीले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ । उक्त लिज प्रक्रियामा अन्य प्रभावशाली व्यक्तिहरूको संलग्नता रहेको आशंका पनि गरिएको छ ।