
काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको प्रिमियम महसुल विवादका कारण नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेका उद्योगहरुले धरौटी बापत पहिलो किस्ता तिर्न थालेपछि बिजुलीको लाइन पनि जोडिन थालेको छ ।
बिहिबार मात्रै रिलाइन्स स्पिनिङ मिल्स र त्रिवेणी सिन्थेटिक यार्न इन्ड्रष्टिज प्रालिले पनि २८ किस्तामध्ये पहिलो किस्ता धरौटीबापत तिरेको र काटिएको बिजुलीको लाइन जोडिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले क्लिकमान्डुलाई जानकारी दिए । यो सँगै बिजुलीको लाइन काटिएका २५ उद्योगमध्ये ११ वटा उद्योगमा लाइन जोडिएको छ ।
प्राधिकरणको दाबी अनुसार त्रिवेणी सिन्थेटिक ४ करोड ३९ लाख ८३ हजार र रिलाइन्स स्पिनिङको ७५ करोड रुपैयाँ प्रिमियमबापतको बक्यौता छ ।








प्रतिक्रिया