
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवाका लागि ४४ जना कर्मचारी पदपूर्तिको सूचना जारी गरेको छ।
महानगरको प्रशासन विभागले बागमती प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने कार्यविधि, २०७९ बमोजिम आवेदन आह्वान गरेको हो।
जारी सूचनाअनुसार २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक), १९ जना हलुका सवारी चालक र २ जना कार्यालय सहयोगीका लागि दरखास्त माग गरिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।
यस सम्बन्धी विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ।








प्रतिक्रिया