
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् ।
राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसीय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी संचालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पुँजी लिनसक्ने ढकालले बताए ।
नवप्रवर्तनलाई प्रवद्र्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै उनले यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्ने बताए ।
‘व्यवसायी, एनआरएनसहितको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा ल्याइएको छ । त्यो कम्पनीले ७७ ओटै जिल्लाकै शेयर होल्डिङको वनरसिप लिने र ७७ जिल्लामा भएका उद्यमी, नवप्रर्वतन गर्न चाहनेलाई लगानीको जरुरी भए त्यो कम्पनीले अन्टरप्रेनरलाई लगानी गरेर त्यस्ता व्यवसायीक गतिविधिलाई बढाउन मद्दत गर्नेछ,’ उनले भने, ‘१० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्ने हो भने ४०÷५० अर्ब बराबरको ठूला परियोजनामा जान सक्ने अवस्था बनिसकेको छ । त्यो खालको संरचना पनि तयार भइसकेको छ ।’
महासंघ अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वषैँदेखिको डेडिकेटर लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालिन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताए । लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्दै उनले त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे ।








प्रतिक्रिया