‘जेनजी नेता हुँ’ भन्दै कार्यालय पुगेर धम्क्याउने शाही पक्राउ

224
Shares

काठमाडौं । आफूलाई जेनजी सदस्य भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर धम्की दिने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि विभिन्न आपराधिक मुद्दा दर्ता रहेका कारण थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीले हालसालै उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पुगेर अनुगमनको नाममा धम्कीपूर्ण व्यवहार गरेका थिए ।

केही दिनअघि मात्र उनले नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेर महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग्दै थर्काएका थिए ।