जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख

147
Shares

काठमाडौं । जेन–जी आन्दोलनमा ज्यान गुमाउनेलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । साथै, प्रत्येक मृतकको परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

आजै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको मृत्यु भएको छ । त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

Skip This