लक्ष्मी इलेक्ट्रोटेकको वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’ सम्पन्न, २ सय बढी डिलर सहभागी

0
Shares

काठमाडौं । लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रालिले काठमाडौं आफ्नो वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’ सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए ।

कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको ह्वर्लपुल लिमिटेडका निर्देशक-कि अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसायी हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गरे ।

कार्यक्रमका क्रममा ह्वर्लपुलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरूको प्रदर्शन गरेको थियो ।

अध्यक्ष श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गर्दै ह्वर्लपुलको नवप्रवर्तनशील प्रविधि र बलियो वितरण नेटवर्कमार्फत विश्वस्तरीय उपकरणहरू पुर्‍याउन प्रतिबद्ध रहेको बताए ।

हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न आफूहरू उत्साहित रहेको बताए ।

लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण ब्रान्डहरूको प्रमुख विक्रेता हो । त्यस्तै, ह्वर्लपुल अफ इन्डिया विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो ।