‘मेलुङ थकाली’मा डिसहोमका ग्राहकले छुट पाउने

35
Shares

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गरेको छ ।

यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १०% छुट पाउनेछन् ।

मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन् । यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिने जनाएको छ ।

छुट लिनका लागि यसो गर्नुस्:

माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।

आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस् ।

होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।

मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह-संस्थापक बसन्त लामा,डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।

‘यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,’ डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।