चाबहिलबाट गाडी चढेकी महिलाको सुनको सिक्री लुटपाट


सांकेतिक तस्बिर

काठमाडौं । चक्रपथमा चल्ने महानगर यातायातको बसभित्रै एक महिलाको सिक्री लुटपाट भएको छ ।

जिल्ला प्रहरी परिसरका अनुसार चाबहिलस्थित ओम अस्पताल अगाडिबाट बस चढेकी महिलाको सिक्री माछापोखरी पुग्दा लुटिएको हो ।

करीब २० वर्षीया ती महिला बसमा चढेका बेला ४/५ जनाको समूहले आधा तोलाको सिक्री लुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

लुटपाट गर्ने व्यक्तिहरूको हुलिया पहिचान भए पनि उनीहरू हालसम्म पक्राउ परेका छैनन् । घटनापछि प्रहरी वृत्त बालाजुबाट १० जना प्रहरी र सादा पोशाकको ‘सेफ्टी पिन टोली’ समेत खटिएको प्रहरीले जनाएको छ ।