यातायातले भन्यो: असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

2.2k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको छ ।

२०७९ साल असोज २० गते मन्त्रीस्तरीय समितिको निर्णयअनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले यो व्यवस्था लागू गर्ने भएका हुन् ।

विभागले मंगलबार एक सूचना जारी गर्दै सबै सवारीधनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट अनिवार्यरुपमा जडान गर्न आग्रह गरेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बरप्लेटजडान गर्नुपर्नेछ ।’