
काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
डोजरसहित पुगेको नगरप्रहरीले सुकुम्बासीका टहराहरु भत्काएको हो ।
टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेको छ ।
वर्षामा बस्ने ठाउँ भत्काइदिएको भन्दै स्थानीय बिरोध गरेका थिए । तर पनि महानगरले अनिधिकृत संरचना बनाउन नपाइने भन्दै डोजर चलाएको हो ।
























प्रतिक्रिया