जलिरहेको शवबाट हड्डी किनेर लैजाने २ जना पक्राउ

133
Shares

काठमाडौं । पशुपति आर्यघाटमा जलिरहेको शवका हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई हाल कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई हाल गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट हड्डीकोटुक्रा र खरानी खरिद गरेका थिए । घटना सार्वजनिक भएपछि मलामीले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि काभ्रेका घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुरका विनायक मैनाली पक्राउ परेका हुन् ।

प्रहरीसँगको बयानका क्रममा ढकाल र मैनालीले जलिरहेको शवबाट कान्छी औंलाको टुप्पो र खरानी ४ सय रुपैयाँमा दिएको स्वीकार गरेका छन् ।