कोरियाबाट १ अर्ब २५ करोड अनुदान स्वीकार गर्ने, यी हुन् सरकारका १८ निर्णय

490
Shares

काठमाडौं । सरकारले दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको छ ।

२०८२ साउन २६ गते मन्त्रिपरिषद् बैठकले कोरीया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर(करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ) अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णयहरुबारे जानकारी दिएका हुन् ।

यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्नेसहितका १८ वटा निर्णय भएका छन् ।