
काठमाडौं । अर्थ मन्त्रालयले नेपालमा एमसीसीअन्तर्गतका परियोजना निरन्तर हुने जानकारी अमेरिकाले दिएको बताएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाबाट एमसीसीले जुलाई २४ मा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारीसहितको पत्र पठाएको बताएको हो ।
अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को गत फागुन २२ गतेको पत्रानुसार नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएको थियो ।
तर, गत बिहीबार एमसीसीले पठाएको पत्रमा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको उल्लेख छ ।








प्रतिक्रिया