सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङ बीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

0
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि बीच विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सहकार्यअनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् र सो कर्जाको अवधि ५ वर्ष रहेको छ ।

सिद्धार्थ बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ ।