
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग विभिन्न कम्पनीका १५ लाख कित्ता सेयर रहेको खुलेको छ । हालै सार्वजनिक गरिएको गभर्नरको सम्पत्ति विवरण अनुसार उनीसँग सानिमा बैंकमा साढे २ लाख कित्ता सेयर र विभिन्न ऊर्जा कम्पनीमा १२ करोड रुपैयाँ लगानी छ ।
गभर्नर पौडेलको नाममा सानिमा बैंकको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेयर छ । यसैगरी उनी सानिमा माइ हाइड्रोको संस्थापकबाट कन्भर्ट गरिएको ९२ हजार ५ सय ७९ कित्ता साधारण सेयरधनी हुन् ।
डा. पौडेलले सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीमा १ लाख ८८ हजार कित्ता सेयर राखेका छन् भने ग्लोबेको प्रालिमा १ लाख ८७ हजार कित्ता, संयुक्त ऊर्जा हाइड्रोपावरमा ५ लाख कित्ता, चितवन इनर्जीमा साढे २ लाख कित्ता र श्रीमती प्रतिभा शर्माको नाममा ग्लोबेकोमा ७५ हजार कित्ता संस्थापक सेयर छ ।
यसरी उनीसँग रहेको सेयरको मूल्य सानिमा बैंकको संस्थापक सेयरमा २ करोड ४४ लाख १७ हजार ६ सय रुपैयाँ, सानिमा माइको साधारण सेयरमा ९२ लाख ५७ हजार ९ सय रुपैयाँ, सानिमा मिडल तमोरमा १ करोड ८८ लाख, ग्लोबेकमा आफ्नो नाममा ९३ लाख ४१ हजार ७ सय रुपैयाँ, संयुक्त ऊर्जामा ५ करोड रुपैयाँ, चितवन इनर्जीमा २ करोड ५० लाख र श्रीमती प्रतिभा शर्माको नाममा ग्लोबेकोमा ७५ लाख रुपैयाँ लगानी छ ।








प्रतिक्रिया