बजारमा माग बढाउनेगरी काम गर्न आवश्यक छः श्रेष्ठ

448
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले बजारमा माग बढाउने ढंगमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।

‘एनपीएल बढेर पाँच प्रतिशत माथि पुगेको छ भने अझै बढ्ने क्रममा छ । यसले वित्तीय स्थायित्वमा चुनौति थपिएको देखाउँछ । क्रेडिट डिमान्ड बढाउने कुरामा पनि थप काम गर्नुपर्ने छ,’ उनले भने, ‘बजेटमा निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि धेरै काम गरिएको छ । यसले गर्दा निजी क्षेत्रले लगानी गर्नसक्ने ठाउँहरु पनि धेरै छन् । बजेट कार्यान्वयन कमजोर रहने प्रवृत्ति हाम्रोमा छन् ।’

यसकारण बजेटमा उल्लेख गरिएअनुसार कार्यान्वयन भएको खण्डमा डिमान्ड पनि बढेर जाने उनले बताए । उनले बजेटमा उल्लेख भएका कुराहरुलाई कार्यान्वयन गरेर गएमा त्यसले हाम्रो आर्थिक स्थिति सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।