
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बजेट सकारात्मक आएकाले अब मौद्रिक नीति लचक भएर आउन आवश्यक भएको बताएका छन् ।
मंगलबार क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’को कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
‘तुलनात्मकरुपमा पहिला भन्दा अहिले निजी क्षेत्रको तथा उद्योगीको विश्वास बढेको छ । बजेट यो पाली वास्ताविकतामा टेकेर आएको छ,’ ज्ञवालीले भने, ‘राजस्व धेरै बढाउन सक्ने ठाउँ कम रहेको कुरालाई बुझेर सरकारले बजेट ल्याएको छ । यो बेलामा आउने मौद्रिक नीति केही लचक भएर आउनुपर्छ ।’
उनले नीतिहरु लचिलो ल्याएर सबैको मनोबल बढाउने काम गर्नुपर्ने बताए । तर, नीति लचक बनाउँदै गर्दा तथा व्यवसायी र बैंकर सबैलाई सहज वातावरण बनाउँदै गर्दा त्यसको सही सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया