स्पाइस जेटले २७ गतेबाट काठमाडौंमा नियमित उडान गर्दै, एयर इण्डिया एक्सप्रेसको तयारी १७ असारबाट

693
Shares

काठमाडौं । नेपालमा दुई भारतीय वायुसेवाको नियमित उडानको समय तय भएको छ । भारतको दिल्लीबाट नियमित उडान तयारी गर्दै गरेको स्पाइस जेट यही वैशाख २७ गतेबाट काठमाडौं आउने भएको छ । यो वायुसेवाले दिल्ली–काठमाडौं–दिल्लीको पहिलो उडान गर्ने मिति तय गरेर उडान व्यवस्थापन मिलाउन थालेको हो ।

स्पाइसजेटले हप्तामा सातै दिन उडान गर्ने गरी उडान तालिका स्वीकृत गराएको छ । जसका कारण भारतबाट आउने यो वायुसेवाले लामो समयपछि फेरि नेपालबाट यात्रु सेवा दिने भएको छ । स्पाइस जेट ६ वर्षपछि कमब्याक हुँदै गरेको वायुसेवा हो।

भारतको बैंङ्लोरबाटसमेत नेपालमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमले मात्रै उडान गर्दै आएको यो गन्तव्यबाट अब एयर इण्डिया एक्सप्रेसले पनि उडान गर्ने भएको छ । एयर इण्डिया एक्सप्रेसले समर सिजनको लागि उडान तालिका स्वीकृत गराए अनुसार आगामी असार १७ बाट उडान गर्ने जानकारी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

दुबै वायुसेवाले नेपाल उडानको लागि सेड्युल स्वीकृत हुनुका साथै स्लटसमेत पाइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी सेर्पाले बताए । उनका अनुसार एयर इण्डिया एक्सप्रेसले दिनको २ वटा उडान गर्ने गरी सेड्युल स्वीकृत गराएको छ । यी दुई वायुसेवा दिउँसो काठमाडौं विमानस्थलमा आउने भएका छन् ।

भारतीय सस्तो भाडादरको वायुसेवा मानिने स्पाइसजेट कोरोना अगाडि नेपालमा नियमित उडान गर्दै आएको थियो । यसले भारतको दिल्लीबाट काठमाडौं उडान गर्ने भएको छ ।

यही समर सिजनलाई दृष्टिगत गरेर यस अघि नै उडान तालिका पेश गरेका यी दुई वायुसेवाले उडान सुरु गर्न लागेको हुन् । यी दुबै वायुसेवासँगै भारतबाट नेपाल आउने उडान र यात्रुसेवा थप सहज हुने भएको छ ।

हाल भारतबाट एयर इण्डियाको उडान दैनिक ७ वटा हुने भएको छ, इण्डिगो एयरले देनिक तीनवटा उडान गर्ने गरेको छ । नयाँ दुई वायुसेवासँगै भारतबाट नियमित उडान गर्ने वायुसेवा ४ वटा हुने छ ।

चैत १९ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतका क्रममा नरोकिने भएपनि अन्तराष्ट्रिय उडानका वायुसेवाको काठमाडौं अवतरणमा चासो बढेको हो ।

यस अघि धावनमार्ग बन्द गरेर मर्मत हुँदै आएको ट्याक्सीवेको मर्मत अब अप्रिल १ देखि भने उडान अवतरण रोक नलाग्ने गरी काम गर्न थालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

अप्रिलदेखि समर सेड्युल सुरु भएसँगै विहान ६ बजेदेखि राति १२ बजेसम्म विमानस्थल चल्न थालेका छन् । हाल दैनिक १८ घण्टा विमानस्थल सञ्चालन हुने थालेको छ । यसअघि विहान ३ बजेसम्म नै उडान हुने थियो ।

अब १२ बजेसम्म विमानस्थल खुल्ने भएकोले त्यसपछिको उडानलाई तीन घण्टा अगाडि नै व्यवस्थापन मिलाउन सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यसका साथै अरु वायुसेवाके पनि काठमाडौको उडानमा रुची बढेके छ । भैहरवाबाट उडान गरिरहेका वायुसेवा पनि अहिले काठमाडौ केन्द्रित हुन थालेका छन् । भैरहवामा जान नचाहेकै कारण अहिले काठमाडौं विमानस्थलमा चाप समेत बढेको छ ।