सरकारले औपचारिक रुपमा भन्यो: कुलमान हटाइए, हितेन्द्र शाक्य नियुक्त

1.1k
Shares

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बि सुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र हितेन्द्र देव शाक्य(ललितपुर) लाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि हिजो मन्त्रिपरिषद् बैठकबाट बाहिरिँदै गर्दा उनले घिसिङलाई नहटाएको भन्दै झुट बोलेका थिए ।