ग्लोबल मनी वीक २०२५: प्रभु बैंकद्वारा बुर्तिबाङमा र्याली


काठमाडौं । प्रभु बैंकले गण्डकी प्रदेशको बागलुङ्ग जिल्लाको बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना गरेको छ ।

‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं’ भन्ने नाराका साथ आयोजित र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको छ । र्यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारे । उनले बालबालिका बृद्घ तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।