
काठमाडौं । ग्रामिण विकास लघुवित्तले समाज लघुवित्तलाई मर्जर गर्ने भएको छ ।
दुई संस्थाबीच १७ फागुन शनिबार मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतमा हस्ताक्षर भएको छ । नेपाल सरकारको समेत लगानी रहेको राष्ट्रिय स्तरको ग्रामीण विकास लघुवित्तले ३ जिल्ला कार्यक्षेत्र रहेको समाज लघुवित्तसँग मर्जरमा जाने भएको हो ।
हाल ग्रामिण विकास लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ र समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २९ लाख रुपैयाँ छ । सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) तय हुन बाँकी रहेको ग्रामिण विकास लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया