
काठमाडौं । कर्जामा गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था घटाएको छ । हाल १.१ प्रतिशत कर्जा नोक्सानी व्यवस्था रहेकोमा त्यसलाई घटाएर १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दा हुने मौद्रिक नीति समिक्षामा भनिएको छ ।
उक्त व्यवस्थाले बैंकहरुको कर्जा नोक्सानी व्यवस्थाबाट करिब ४ अर्ब ५१ करोड रुपैयाँ फिर्ता हुने राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेल बताउँछन् । यसले बैंकहरुको करिब ४० अर्ब रुपैयाँ कर्जा लगानी क्षमता समेत बढ्ने उनले बताए ।
राष्ट्र बैंकले कोभिड अगाडिसम्म असल वर्गमा वर्गिकरण गरेको कर्जामा १ प्रतिशत नै कर्जा नोक्सानी व्यवस्था गरेको थियो ।
कोभिडको समयमा जोखिम बढेको भन्दै असल कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भयो । त्यसलाई क्रमश घटाएर पुन १ः प्रतिशतमा ल्याएको हो ।
प्रतिक्रिया