हिमालयन रि इन्स्योरेन्सको नाफा बढ्यो, नेटवर्थ कति ?


काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन रि इन्स्योरेन्स कम्पनीले ६१ करोड ६९ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.३६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ६० करोड २७ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ५० करोड ६७ लाख ३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा २ अर्ब २४ करोड २१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १ अर्ब ९९ करोड ६० लाख ५१ हजार रुपैयाँबाट बढेर २ अर्ब २९ करोड ३४ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटनर्ड अर्निङ १ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँ रहेको छ ।पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.८६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६१.५७ रुपैयाँ रहेको छ ।