भारतीय प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज आउँदै


एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट आज संसदमा प्रस्तुत हुँदै छ ।

केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमण लगातार आठौँ बजेट प्रस्तुत गर्दैछिन् ।

यससँगै उनी मोराजी देसाईको १० बजेट प्रस्तुत गर्ने रेकर्डको नजिक पुगेकी छिन् । मोराजी देसाईले १९५९ देखि १९६४ सम्म ६ बजेट र १९६७ देखि १९६९ सम्म ४ बजेट प्रस्तुत गरेका थिए ।

विभिन्न प्रधानमन्त्रीहरूको नेतृत्वमा पूर्ववित्त मन्त्री पी चिदम्बरमले ९ र प्रणब मुखर्जीले ८ बजेट प्रस्तुत गरेका थिए । तर लगातार आठ बजेट प्रस्तुत गर्ने रेकर्ड निर्मला सीतारमणको नाममा लेखिनेछ । उनलाई २०१९ मा मोदीको दोस्रो कार्यकालमा पूर्णकालीक वित्त मन्त्री बनाइयो र जब २०२४ मा तेस्रोपटक एनडीए सरकार बन्यो तब यो मन्त्रालय फेरि सीतारमणको जिम्मामा रह्यो ।

भारतका दुई पटकका प्रधानमन्त्री मनमोहन सिंहलाई, वित्त मन्त्रीको रूपमा वर्तमान भारतको आर्थिक स्वरूप परिवर्तन गर्ने श्रेय दिइन्छ । पीवी नरसिम्हा रावको कार्यकालमा १९९१ देखि १९९५ बीच उनले पाँच बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा समावेश प्रस्तावहरूको संसदको अनुमोदन आवश्यक हुन्छ । संसदबाट अनुमोदन प्राप्त भएपछि ती प्रस्तावहरू १ अप्रिलदेखि लागू हुन्छन् र अर्को वर्षको ३१ मार्चसम्म जारी रहन्छन् ।भारतको बजेटको बारेमा केहि रोचक तथ्यहरू पनि छन् ।

भारतको पहिलो बजेट स्वतन्त्र भारतको पहिलो बजेट २६ नोभेम्बर १९४७ मा षणमुगम चेट्टिद्वारा प्रस्तुत गरिएको थियो । तथापि यसमा केवल अर्थतन्त्रको समीक्षा गरिएको थियो र कुनै नयाँ कर लागू गरिएको थिएन ।

षणमुगम चेट्टिको पछि, वित्त मन्त्री जॉन मथाईले पहिलो संयुक्त-भारत बजेट प्रस्तुत गरेका थिए । जसमा रजवाडाहरूका अन्तर्गत रहेका विभिन्न राज्यहरूको वित्तीय विवरण पनि प्रस्तुत गरिएको थियो ।