काठमाडौं । सेयर बजारको मापक नेप्से सूचक मंगलबार २४.५० अंकले बढेको छ । नेप्से सूचक ०.९३ प्रतिशतले बढेर २६ सय ५७ विन्दूमा पुगेको छ ।
मंगलबार सेयर बजर १ करोड ९६ लाख कित्ता सेयरको किनबेचबाट ९ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सेयर बजारको उल्लेख्य बृद्धि देखिदा १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ ।
बजार बढेको दिन सबैभन्दा बढी कमाउनेको सूचीमा उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, थ्रिस्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशत बृद्धि भएर सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा बढी गुमाउनेमा डोल्टी पावर कम्पनी रहेको छ । यसको सेयर मूल्य ८.४३ प्रतिशतले घटेको छ । आजको सेयर बजारमा सबैभन्दा बढी कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । यसको ३८ करोड रुपैयाँको कारोबार मंगलबार भएको छ ।
बजार बढेका कारण नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक सकारात्मक भएको छ । जसमध्ये सबैभन्दा बढी कमाउनेमा विकास बैंक उपसमूह रहेको छ ।
प्रतिक्रिया